एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले छुद्र ग्रहसँग ठोक्किएर पृथ्वी नै ध्वस्त हुने खतरा औल्याएका छन् । पृथ्वी विनासकारी छुद्रहरुसँग ठोक्किएर हुने क्षेतीको न्यूनिकरणका लागि रक्षात्मक अवस्थामा समेत नभएको उनीहरुको चेतावनी छ ।
पछिल्लो २० वर्षदेखि पुछ्र्रेतारा र छुद्र ग्रहहरु पृथ्वीको नजिक आइरहेका छन् । नासाका वैज्ञानिक डा.जोसेफ नुथले यी तारा पृथ्वीमा ठोक्किए हुने क्षति न्युनिकरणका लागि पृथ्वीसँग छोटो समयमात्रै बाँकी रहेको बताएका छन् ।
पाँच देखि ६ करोड वर्षको अन्तरालमा विनासकारी छुद्र ग्रहले पृथ्वीलाई ठक्कर दिने गरी आइरहेको र यो दुर्घटनाबाट पृथ्वीले आम विनास बेहोर्नु पर्ने उनको भनाई छ । ६ करोड ६० लाख वर्ष पहिले पृथ्वीमा त्यस्तै विनासकारी छुद्रग्रह ठोक्किँदा डाइनोसर पृथ्वीबाट लोप भएको थियो ।
डा. नुथले भनेका छन्, ‘यदी त्यस्तो विनाशकारी वस्तु पृथ्वीसँग ठोक्किएमा हामीले गर्ने सक्ने खासै केही छैन्, यो उनीहरुको लोप हुने अवस्था हो डाइनोसरका हत्यारा जस्ता वस्तुहरु पाँच देखि ६ करोड वर्षको अन्तरालमा खस्ने छन् ।’
सन् १९९६ र २०१४ मा ती ताराहरु पृथ्वीको नजिक आएका थिए । उनीहरु पृथ्वीको नजिक हुँदै मंगल ग्रहको अन्तिरिक्ष क्षेत्र भित्र प्रवेश गरेका थिए । वैज्ञानिकहरुसँग अब चेतावनीको लागि २२ महिना मात्र बाँकी रहेको छ । ती ताराहरुको दिशा परिवर्तन गर्न सक्ने यान बनाउन यो समय धेरै कम हो ।
वैज्ञानिक डा.नुथले वैज्ञानिकहरुलाई प्रतिरोधी यान बनाईराख्न नासका वैज्ञानिकहरुलाई भनेको गार्जियनले जनाएको छ । मानिसहरुले ती छुद्र ग्रहलाई आणविक मिसाइल अथवा एउटा विशाल क्यानोवले परावर्तन गर्न सक्ने वैज्ञानिक क्याथी प्लेस्कोले बताएका छन् ।