पशुपति वलकालीमा चक्कु प्रहारबाट एक युवाको ज्यान गयो

पशुपति वलकालीमा चक्कु प्रहारबाट एक युवाको ज्यान गयो

काठमाडौं । पशुपतिनाथको वनकाली क्षेत्रमा चक्कु प्रहारबाट एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पुरानो रिसिइबीका कारण दुई युवामाथि चक्कु प्रहार भएको बताइएको छ । बुधबारसाँझ युवाहरुको समूहले झगडाका क्रममा दुई युवामाथि चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका सोनाम तामाङ र विजय गुरुङमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका १९ वर्षीय सोनामको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएका १८ वर्षीय विजयको टाउको र कोखमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले जनाएका छन् । उनीहरु सुनसरी धरान घर भई बालाजुमा बस्दै आएका थिए ।

सोनाम र विजयको समूहले यसअघि कुटेका युवाहरुको समूहले नै उनीहरुलाई आक्रमण गरेको प्रहरीको भनाई छ । घटनामा संलग्न युवाहरुको प्रहरीले खोजी कार्य तिव्र पारेको छ ।