विप्लव माओवादीको बन्दको प्रभाव सामान्य, केही बन्दकर्ता पक्राउ

विप्लव माओवादीको बन्दको प्रभाव सामान्य, केही बन्दकर्ता पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेका बन्दको प्रभाव सामान्य परेको छ । 

बन्दका कारण सार्वजनिक सवारी साधानहरु छिटफुट रुपमा चलेका छन् । बन्दका कारण सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका छन् । निजी सवारी साधन भने सञ्चालन भएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादीले बन्द आव्हान गरेको हो । बन्द गराउँदै हिँडेका करिब १ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।