एजेन्सी । चीनले साउथ चाइना सीबाट एक अमेरिकी सामुद्रिक ड्रोन कब्जा गरेको छ ।
चीनले आफ्नो स्वामित्व दाबी गर्दै आएको दक्षिण चीन सागरमा अनुसन्धानमा संलग्न ड्रोनलाई चिनियाँ नौसेनाले नियन्त्रणमा लिएको हो ।
अमेरिकी अधिकारीहरुले दक्षिण चीन सागरबाट समातिएको आफ्नो सामुद्रिक ड्रोन फिर्ता गरिदिन चीनसँग आग्रह गरेका छन् ।
अमेरिकी अधिकारीहरुले समुद्रमा सर्वेक्षण गर्ने जहाज ‘युएसएनएस बोडिच’ ड्रोन पनडुब्बीमा पुग्न लागेका बेला चीनले कब्जामा लिएको उल्लेख गरेका छन् ।
अधिकारीका अनुसार ‘ओसन ग्लाइडर’ नामको यस ड्रोनको प्रयोग पानीको क्षारियता र तापमान पत्ता लगाउनका लागि गइरहेको थियो ।
पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिसले पत्रकारसँग यसबाट प्राप्त डाटाको प्रयोग पानीको मुनीको अवस्थाको जानकारीका लागि गरिने गरेको बताएका छन् ।