आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल हुँदै

आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं । नेपाल र मलेसियाबप्च आज एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण महिला फुटबल खृल हुँदैछ । 

शुक्रबार खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’ मा बोल्दै दुबै टिमका प्रशिक्षकले आफ्नो टिम खेलका लागि तयार रहेको जित निकाल्ने दाबी गरे । 
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले शनिबारको खेलमा अवसर र चुनौती दुबै रहेको बताए । टिममा नयाँ खेलाडीको वर्चश्व भएपनि यो निर्णय सही सावित हुने उनले बताए ।

नेपाली टिमबाट केही खेलाडीले ‘डेब्यु’ गर्दैछन् । पहिलोपटक राष्ट्रिय टिमको नेतृत्व सम्हाल्ने अवसर पाएकी कप्तान रेणुका नगरकोटीले विगतका तुलनामा योपटक प्रशिक्षण लामो समयदेखि भइरहेकाले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । 

मलेसियाका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाहले टिममा नयाँ खेलाडीहरु भएकाले अनुभवका लागि यो खेल राम्रो अवसर रहेको बताए ।