काठमाडौं । गत नोभेम्बर ८ मा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू पराजित हुनुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छन् ।

रुसले इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको तर्क छ । हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएपछि उनी इमेल काण्डमा तानिएकी थिइन् ।

यद्यपि उनी दुई पटक सम्म गरेको छानविनका क्रममा निर्दोष सावित भइसकेकी छन् ।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले चुनावको ११ दिन अघि छानबीन थाल्दा उनलाई घाटा लागेको थियो । निर्वाचनको दुई दिनअघि एफबीआईले उनलाई सफाइ दिएको थियो ।

पाँच वर्ष अघि नै पुटिनले चुनावमा धाँधलीको कुरा उठाएको पनि उनले बताइन् । रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप ह्वाइटहाउसले लगाइरहेपनि रुसले यसको खण्डन गर्दै आएको छ ।

हिलारीले यो केबल मेरो र मेरो अभियानमा मात्रै आक्रमण नभई देशविरुद्ध रहेको जिकीर गरिन । यो विषय अमेरिकी लोकतन्त्रको अखण्डता र देशको सुरक्षासँग जोडिएको पनि हिलारीको भनाई थियो ।

हिलारीले चुनावमा पराजित भएलगत्तै पनि आफू पराजित हुनुमा एफबीआई जिम्मेवार रहेको आरोप लगाएकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर