भ्रष्टाचार दिवस : यसो गरे कसो होला ?

सन् २००३ डिसेम्बर ९ अर्थात् मङ्सिर २४ मा संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित ग¥यो । त्यसपछि विश्वभर भ्रष्टाचार विरुद्धको दिवस मनाउने लहर र रहर चल्यो । त्यो लहरमा नेपाल मण्डल पनि थपियो । त्यसपछि कहिल्यै भ्रष्टाचार नगरेका गौपरानी सन्त मनुवाहरूले बर्सैबर्स यो दिवस मनाउँदै आएका छन् । सदाझैँ यस बर्स पनि हिज २४ गते यो दिवस मनाउन विभिन्न अधिकारवादी (खासमा डलरवादी) संस्थाहरूदेखि मनुखे समाजका विविन्न मनुवाहरूले पनि ठाउँ ठाउँमा यो भ्रष्टाचार गर्न हुन्न भन्ने दिवस मनाए । यसै सिलसिलामा नेपाल सरकारदेखि विभिन्न सरकारी र गैरसरकारी सङ्घ संस्थाहरू हुँदै तोरीलाउरे लाउकेदेखि उपरखुट्टे टाउकेसम्मका मनुवाहरूले भ्रष्टाचार गरेको छ छैन भनी खनीकोदालो गर्ने ठेक्का पाएको ‘जेमराज’ संस्था अख्तियारले पनि दिवस धुमधामसँग मनायो । एकडेढ लाखको खर्चमा दसौँ लाख खर्च गरेको बील भरपाई बनाएर सुद्ध मनले चोखो तरिकाले भष्टाचार विरुद्धको दिवस मनायो अख्तियारले । उसले यो दिवस मनाउँदा सरकार र सरकार चलाएका सबै पार्टी र तिनका ढेँडु नेताहरूलाई बोलायो । सात भाइ पूर्व सरकारी ढेँडुहरू सबै त्यो सभामा हाँजिर भए । ऐलेका सरकारका ढेँडु पनि प्रमुख अतिथि बनेर हस्याङफस्याङ गर्दै सभामा विराजमान भए ।

कार्यक्रममा भ्रष्टाचार गरेको भनेर विनासित्तीको आरोप लगाउँदै विगतमा अख्तियारले डामेर ठेँडुकोमा कोचेका खुमबहादुर खड्का, चिरन्जीवि वाग्ले, जेपी गुप्तादेखि विभिन्न सरकारी खान्की खाएका मनुवाहरू पनि तैनाथ थिए । बेलाबेलामा नोटका बीटा समात्दा समात्दै रङ्गेहात समातिएका कर्मचारी, पुलिस, ठेकेदार, उद्योगी र ब्यापारीसम्मका विभिन्न लाउके मनुवाहरूको ठेलमठेल भिड थियो । सबैले आआफ्ना हातमा भ्रष्टाचार दिवस लेखिएको प्लेकार्ड बोकेका थिए । अख्तियारकै कार्यकक्षभित्रको सभाहलमा यो भेला चलेको थियो । भेलामा सबैले भ्रष्टाचारका बारेमा लामा लामा भाषण छाँटे । भाषणमा रासन मिलाउनुपर्ने कासन पनि दिए ।

विभिन्न समयमा सरकारी पगरी गुथेका ढेँडुहरूलाई पालैपलो बोल्ने व्यवस्था मिलाइएको थियो । पञ्चकालिन ढेँडुदेखि हालको गणतन्त्रकालिन ढेँडुसम्म सबैले बोले । बोल्नेबेला सबैले आपूm भन्दा अगाडि पगरी गुथ्ने ढेँडुले धेरै भ्रष्टाचार गरेको भनेर पोल खोले । पोल खोल्दा खोल्दै एक आर्काले सबैलाई नाङ्गेझार पारे । पञ्चकालिन ढेँडुले पञ्चकालमा खोलेका राष्ट्रिय उद्योगहरू सबै बहुदलकाल र गणतन्त्रकालका ढेँडुहरूले कौडीको मोलमा बेचेर सबै रकम कुम्ल्याएर देश कङ्गाल बनाएको भनेर आरोप लगाए । कसैले विप्पा गर्दा जुवा खेल्ने, कसैले महाकाली बेच्ने, कसैले २५ बुँदे गरेर सबै बुझाउने, विदेशीलाई नागरिकता बेचेर देश हरिकङ्गाल बनाउने बहुदली र गणतन्त्रवादी ढेँडुहरू हुन् भनेर पञ्चकालिन ढेँडु कुर्ले । पञ्चकालमा एकलौटी रजाइँ ग¥यौ र बहुदलीकालमा पनि तिमी नै ढेँडु बनेर लुट्यौ ऐले हाम्लाई दोष दिन्चौ भनेर बहुदली ढेँडु उफ्रिए । एउटै ढेँडुले पटक पटक दोहोरिएर तेहरिएर सरकारी पगरी गुत्दा आफ्ना सात पुस्तासम्मलाई पुग्ने गरी सरकारी ढिकुटी कुम्ल्याएको, आफ्ना हनुमान र गणेशहरू पोसेको भनेर एकसरो ढेँडु बन्ने अवसर पाएका ढेँडुहरूले गुनासो गरे । पोल खोलाखोल गर्ने होडबाजी नै चल्यो । पोल खोल्दाखोल्दै एक अर्काको लँगौटी खुस्क्याएको पनि पत्तै पाएनन् । कार्यक्रम चलाएका अख्तियारी लाउकेलाई स्थिति सम्हाल्न सकस प¥यो । स्थिति कावु बाहिर गएपछि तिमीहरू सबैलाई ठेँडुकोमा कोचिदिउँ कि चुप लाग्छौ भनेपछि एकछिन सबै चुप लागे ।

सरकार भनेकै सक्नेले लुट्ने, ठग्ने, चोर्ने, ढाँट्ने, बेच्ने, हसुर्ने, सात पुस्तासम्मलाई पुग्ने गरी थुपार्ने र डकार्ने साधन हो भन्ने कुरामा सबैको एक मत बन्यो । सबै सहमत भए । अख्तियारले आपूmले विभिन्न बहानामा हसुर्न हुने हाम्ले हसुर्दा भष्टाचार गरेको भन्ने भनेर आलोचना गरे । अख्तियारले पनि हामीले तपाइँहरू ठूला माछालाई छोडेकै त छौँ भनेर जबाफ दियो । ससाना ढडिया थापेर साना भुराभुरी माछा मात्र समातेका छौँ भनेर सबैलाई आश्वस्त पा¥यो । बरू तपाइँहरूले आफूले खाँदा हामीलाई पनि सम्झनु प¥यो भन्दै विन्तभाउ ग¥यो । भ्रष्टाचार त सन्सारमै लोकप्रिय बनेको सत्ताको लोकतान्त्रिक विधिका विरुद्धमा संयुक्त राष्ट्रसङ्घ किन गयो भनेर सबैले उसका विरुद्ध ज्ञापन पत्र दिने निधोमा पुगे । त्यसपछि यो दिवसका अवसरमा अबदेखि भ्रष्टाचार विरुद्धको दिवसका रूपमा नभइ भ्रष्टाचारयुक्त दिवसका रूपमा मनाउने प्रस्ताव पारित गर्ने निर्णय भयो । त्यसका लागि निम्न निष्कर्ष सहितको ज्ञापन पत्र सरकारी पगरी गुथेका सबै ढेँडुहरूबाट संयुक्त हस्ताक्षर गरेर वान कि मुनलाई बुझाउन संयुक्त राष्ट्रसङ्घीय नियोगको कार्यालय पुलचोकमा जाने सहमती भयो ।
सामयिक प्रस्तावहरू ः

१. भ्रष्टाचार संसदीय व्यवस्थाको अनिवार्य विधि र सिद्धान्त हो । यसलाई लोकतन्त्रको सौन्दर्यका रूपमा लिनुपर्ने ।
२. ‘मह काढ्नेले हात चाट्छ’ भन्ने उखान नेपाली समाजमा प्रयोगबाट सिद्ध भई निकालिएको पुर्खाहरूको संश्लेषण भएकाले सरकार चलाउने जोसुकैले पनि चाहे स्थाइ सत्ताका सञ्चालक कर्मचारीतन्त्र होस् अथवा छ महिने सरकारी पगरी गुथ्ने समुदाय होस् सबैले आआफ्नो पालामा सकेजति भ्रष्टाचार गर्ने कुरालाई सम्मान गर्नु पर्ने ।
३. अबदेखि भ्रष्टाचार विरुद्धमा दिवस मनाउने नीति खारेज गरी भ्रष्टाचारलाई संसरकै महान् दिवसका रूपमा मनाउने प्रचलन थालिनु पर्ने ।
४. सबैभन्दा ठूलो भ्रष्टाचारी संस्था अख्तियार नै हुने भएकाले यो संस्थालाई खारेज गरी कानूनमै भ्रष्टाचार गर्न उत्प्रेरित गर्ने र त्यसका लागि तालिम दिने संस्थाको निर्माण गर्नु पर्ने ।
५. प्रत्येक बर्स भ्रष्टहरूको भेला गरेर भ्रष्ट प्रतियोगिता गराइनु पर्ने र यसलाई ओलम्पिक खेलमा पनि समावेस गरिनु पर्ने ।
२५ मङ्सिर २०७३