संविधान संशोधन विधेयकको विरोधमा एमालेद्वारा संसद अवरोध

संविधान संशोधन विधेयकको विरोधमा एमालेद्वारा संसद अवरोध

nepal-parliament-protest BICCकाठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधन विधेयकको विरोध गरेका थिए ।

सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको आरोप लगाए । 

उपाध्यक्ष गौतमले ५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै यसले पहाड र तराईलाई अलग गर्न नहुने माग उठेको उल्लेख गरे । 

गौतमले बोलेलगत्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरेका थिए । सभामुख ओनसरी घर्तीले बिहीबारको बैठकमा संविधान संशोधन एजेण्डा नभएको भन्दै बस्न आग्रह गरेपनि विपक्षी सांसदहरु विरोध जारी राखेका थिए ।