messangergameकाठमाडौं । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर एपमा अब तपाईले खेल पनि खेल्न सक्नुहुनेछ ।

कम्पनीले एक नयाँ फिचरको सुरुवात गरेको छ, जसका माध्यमबाट तपाईले कसैसँगको कुराकानीका क्रममा गेम खेल्न समेत सक्नुहुन्छ ।

म्यासेन्सेन्जरमा रियल टाईम मल्टिप्लेयसर गेम हुनेछ, जसमा दुई या दुई भन्दा बढी व्यक्तिलाई समेत सामेल गर्न सकिन्छ । कम्पनीले यसलाई इन्स्टेन्ट गेम नाम दिएको छ ।

यसमा केही गेम्स हुनेछ, जसमा पोका मेन, स्पेस इनवेडर्स र वर्ड गेमजस्ता सामान्य गेम सामेल छन् । यस धेरै छिटो र क्लिक गर्नेवित्तिकै हुन्छ । फेसबुकले यसबा मानिसको म्यासेन्जर युज टाइमिङ बढाउन चाहन्छ ।

मानिस गेम खेलेका समयमा युजर इंगेज टाइम बढ्छ । फेसबुकले इन्स्टेन्ट गेमको सुरुवात ३० वटा देश र एन्ड्रोड र आइफोनमा मात्रै सुरुवात हुनेछ ।

यसका लागि ती देशका प्रयोगकर्ताले नयाँ भर्सनको म्यासेन्जर डाउनलोड गर्नु पर्नेछ वा प्लेस्टोरबाट अपडेट गर्नुपर्नेछ । 

यसरी खेल्नुहोस फेसबुक म्यासेन्जरमा गेम

नयाँ भर्सनको फेसबुक म्यासेन्जरमा आफ्नो च्याट बक्सको तल बक्समाको एक गेम कन्ट्रोलर आइकन देखिनेछ । यहाँ क्लिक गर्दा तपाईले खेलहरुको लिस्ट प्राप्त गर्नुहुनेछ, जहाँ तपाईले कुनै एक गेम छान्न सक्नुहुनेछ ।

यसपछि तपाई जो सँग गेम खेल्न चाहनुहुन्छ त्यसको नाम छान्नुहोस । यसका लागि तपाईसँग इन्टरनेट कनेक्सन हुन जरुरी छ । किनकी यहाँ हुने गेम अफलाइन गेम होइनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर