तानाशाही तरिकाले होइन, सिमांकनमा सहमति अनिवार्य : क्रान्तिकारी माओवादी

तानाशाही तरिकाले होइन, सिमांकनमा सहमति अनिवार्य : क्रान्तिकारी माओवादी

काठमाडौं । सरकारद्वारा गत मंगलवार संसद सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएका सिमाङ्कन लगायतका विषयवारे पार्टीको धारणा सार्वजनिक गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले सिमांकनलगायतका विषय सहमतिबाट नभई तानाशाही तरिकाले गर्न खोजेको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संशोधन विधेयकमा राखिएका सिमाङ्कन लगायतका विषयमा सार्वजनिक तीन बुँदे पार्टीको दृष्टिकोण तथा अभिमतमा भनिएको छ, “१. हाम्रो पार्टीले सो संविधान आमूल परिवर्तन तथा मुक्तिकामी जनताको इच्छा तथा भावना विपरीत भएकाले त्यसको विरोध गरी विकल्पमा संघीय जनगणतान्त्रिक संविधान वनाउनुपर्ने प्रस्ताव सार्वजनिक गरेको कुरा स्पष्ट नै छ र अहिले पनि हाम्रो धारणा त्यही नै रहेको छ ।

२. सिमाङ्कन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ ।

३. सिमाङ्कन लगायतका विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव र सहमति अनिवार्य हुने कुरामा पनि पार्टी आफ्नो दृढ अभिमत रहेको धारणा व्यक्त गर्दछ ।”