नागरिक नर्सिङ कलेजमा क्रान्तिकारीद्वारा तोडफोड

नागरिक नर्सिङ कलेजमा क्रान्तिकारीद्वारा तोडफोड

akhil-765x510काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल –क्रान्तिकारी) पूर्वाञ्चल विश्व विद्यालय उपत्यका जिल्ला समितिले नागरिक नर्सिङ कजेलमा तोडफोड गरेको छ । 

तोडफोडबाट कलेजका झ्यालका सिसा फुट्नुका साथै रिसेप्सनमा समेत क्षति पुगेको छ । लामो समयदेखि विभिन्न शैक्षिक माग राख्दै आन्दोलन क्रान्तिकारीले आफूहरुका माग सम्बोधन गर्नुको साटो गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले भौतिक कारबाहीमा उत्रिनु परेको जनाएको छ । 

अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय समितिका संयोजक सूर्य कार्कीले भूकम्पकाट देश नै समस्यामा परेका बेला शैक्षिक शुल्क नबढाउन पटक पटक आग्रह गर्दा पनि ८ देखि १० प्रतिशतसम्म शुल्क बढाएर विद्यार्थीको डाढ सेक्ने काम गरेकाले बाध्य भएर कारबाहीमा उत्रिनुपरेको बताए । 

उनले घटनाको आफूहरुले जिम्मा लिइसकेको पनि उल्लेख गरे । यस्तै क्रान्तिकारीले विभिन्न दुई विश्वविद्यालयबाट सम्बन्धन कलेजहरु एउटै हाताभित्र सञ्चालन गर्न नहुने, विद्यार्थीको डाढ सेकिने गरी शुल्क वृद्धि गर्न नहुने लगायतका माग राख्दै पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको थियो । 

विश्वविद्यालयले भने आफूहरुले नीति बनाउन सक्ने भएपनि कलेजहरुलाई शुल्क नबढाउन दबाब दिन नमिल्ने भन्दै पन्छिने गरेको क्रान्तिकारीको भनाई छ ।