एजेन्सी । पश्चिम यूगाण्डामा मच्चिएको हिंसामा ५५ जनाको मृत्यु भएको छ ।
हिंसा मच्चाउनका लागि रवेनजूरुरुका राजालाई जिम्मेवार ठहर गर्दै उनलाई पक्राउ गरिएको छ ।
प्रहरी र राजाका समर्थक लडाकूबीच भएको हिंसामा ५५ जना मारिनुका साथै अरु थुप्रै घाइते भएका छन् ।
राजा चाल्र्स वेस्ले मुम्बेरेलाई हिंसा फैलाएको आरोप लागेको छ । सुरक्षाकर्मीले राजा मुम्बरेको महलमा छापा मारी उनलाई नियन्त्रण लिएका हुन् । तर उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
हिंसामा १२ जना प्रहरी र ४१ जना लडाकू मारिएका थिए । लडाकू समूह यूगाण्डाबाट अलग हुनुपर्ने भन्दै हिंसा मच्चाइरहेको सरकारको भनाई छ ।
आक्रमणकारीहरु डेमोक्रेटिक रिपब्लिकन अफ कंगोको सीमामा नयाँ राज्य बनाउने उद्देश्यले हिंसा मच्चाइरहेको प्रहरीले जनाएको छ । वर्षौवर्षसम्म सत्ताका लागि भएको संघर्ष सन् १९८२ मा समाप्त भएको थियो ।