pregnent-womanकाठमाडौं । जाडो मौसममा गर्भधारण गर्ने महिलामा डाइविटिजको खतरा बढी हुने एक अध्ययनमा पत्ता लागेको छ । 

जाडो समयमा गर्भधारण गरेको खण्डमा आमा र बच्चा दुवैको स्वास्थ्यका खराबी आउनसक्ने र जोखिमको सामना गर्नुपर्ने अवस्था आउनसक्ने औल्याइएको छ ।

युनिभरसिटी अफ एडिलेडका शोधकर्ताले आफ्नो यस अध्ययनमा विगत ५ वर्षमा दक्षिण अस्ट्रेलियामा ६० हजार भन्दा बढी शिशुको जन्मसँग जोडिएको आँकडाका आधारमा यस्तो निश्कर्ष निकालेको हो । 

यो यसप्रकारको संसारकै पहिलो अध्ययन हो । गेस्टेशनल डाइभिटिज मेलिटसलाई गर्भावस्थाको गम्भीर जटिलना मानिन्छ । यसमा गर्भावस्थामा रगतमा चिनीको मात्रा नियन्त्रण भइरहेको हुन्न । 

यस प्रकारको समस्या आएमा आमा धेरै मोटाउने, बच्चाको समय भन्दा पहिले नै जन्मलगायतका अवस्था देखिन सक्छन् भने बच्चामा पनि टाइप २ डाइभिटिजको खतरा रहन्छ । 

युनिभरसिटी अफ एडिलेडका रोबिनसन रिसर्च इन्स्टीट्युटकी पेट्रा वरबर्गले भनिन्, ‘हाम्रो अध्ययन आफ्नो तर्फबाट गरिएको पहिलो अध्ययन हो, जसमा गेस्टेशनल डाइभिटिज र कुन मौसममा गर्भधारण भएको हो भन्ने बिचमा सम्बन्धको प्रमाण भेटिन्छ ।’ 

यो अध्ययन सन् २००७ देखि २०११ को बिचमा गरिउको हो । यसमा सन् २००७ मा गेस्टेशनल डाइभिटिजबाट प्रभावित गर्भवती महिलाको संख्या ४.९ प्रतिशत थियो जो २०११ मा बढेर ७.२ प्रतिशत पुगेको छ । 

अध्ययनबाट यो पनि पत्ता लागेको छ कि महिलाले चिसोमा गर्भधारण गरेमा उनमा गेस्टेशनल डाइभिटिजको खतरा बढी हुन्छ । यस प्रकारका कुन गर्भवती महिलामा ६.६ प्रतिशत महिलामा यस्तो डाइभिटिज पाइएको छ । 

गर्मी मौसममा गर्भधारण गर्ने महिलामा यही आँकडा ५.४ प्रतिशत रहेको छ । यो अध्ययन बीएमजे डाइभिटिज रिसर्च एण्ड केयर जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर