बार्सिनलोना पुनः बराबरीमा रोकियो, एथ्लेटिको मड्रिड विजयी

बार्सिनलोना पुनः बराबरीमा रोकियो, एथ्लेटिको मड्रिड विजयी

barsaकाठमाडौं । स्पेनिश ला लिगामा बार्सिलोना लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । आइतबारराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । 

रियाल सोसिडाडको मैदानमा भएको खेलमा घरेलु टोलीका विलियन जोजेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको केही मिनेटपछि नै बार्सिलोनाका लागि लियोनल मेस्सीले बराबरी गोल फर्काए । 

यो खेलसँगै रियाल सोसीडाडको मैदानमा बार्सिलोनाको खराब नतिजाको कीर्तीमानले निरन्तरता पाएको छ । बार्सिलोनाले सोसीडाडाको मैदानमा एउटा पनि खेल जित्न सकेको छैन । 

कुल ६ खेलमध्ये ५ खेलमा सोसीडाड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । बार्सिलोनाले आफ्नो मैदानमा भने सोसीडाडविरुद्धका सबै खेलमा जित निकालेको छ । 

ला लिगा अन्तर्गत आइतबारराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले हरायो भने सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले पराजित गरेको छ ।

भियारियाल भने आफ्नै मैदानमा आलाभेजसँग २–० ले पराजित भएको छ । स्पेनिस ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ ।