एजेन्सी । फ्रान्समा एक व्यक्तिलाई आफ्नो पैत्रिक हिसाबले प्राप्त भव्य घरमा ठूलो परिणाममा सुन फेला परेको छ ।
आफ्नो पुख्र्योली सम्पत्तिबाट प्राप्त सो घर उनले बेच्ने तयारी गरेका थिए ।
तर घरभित्र यसका काठपात, बाथरुम र ओछ्यानको मुनी लुकाएर राखेको अवस्थामा १०० किलो सुन भेटिएको छ ।
जसको मुल्य करिब ३७ लाख डलर बराबर हुन आउँछ । लिलामी गर्ने निकोलस फिरफर्टले सो घरमा सुनका ५ सय वटा सिक्का, १२ किलो सुनको दुईवटा र एक एक किलो सुनका ३७ डल्ला भेटिएको बताएका छन् ।
उनले सुन देख्न नसक्ने तरिकाले लुकाएर राखिएको अवस्थामा भेटिएको बताएका छन् । सो घर बेच्नका लागि सामान हटाउने क्रमममा सुनका सिक्का र अन्य सुन भेटिएको थियो ।
त्यसपछि व्हिस्कीको बोतलमा लुकाएर राखेको अवस्थामा समेत सुन भेटिएको थियो । घरमा भेटिएका पुराना कागजपत्रका अनुसार सो घरका मालिकले सन् १९५० देखि १९६० को बिचमा सो सुन कानुनी रुपमा नै खरिद गरेको देखिएको छ । यो सुनका वास्तविक खरिदकर्ताको भने मृत्यु भइसकेको छ ।