काठमाडौं । संविधान संशोधनलगायतका विषयमा छलफल गर्न सरकार र मधेशी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चासहितको संघीय गठबन्धनका नेताहरु सहभागी छन् ।
संविधान संशोधन प्रस्ताव गर्ने अन्तिम तयारी भइरहेको बेला सरकाका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले वार्ता गर्न लागेका हुन् ।
संविधान संशोधनमा उठेका मुख्य विषयमा मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमत गराउन सत्ताघटकले प्रयास गर्नेछन् ।
संशोधन प्रस्तावको मस्यौदामा गठबन्धन सहमत नभए कांग्रेस माओवादी एकतर्फी रुपमा अघि बढ्ने तयारीमा छन् । संसदको दोस्रो ठूलो दल नेकपा एमाले भने अहिलेको संविधान संशोधनको प्रक्रियामा असन्तुष्ट बनेको छ ।
































