वासिंटन । अमेरिकी सरकारले इरानलाई १ सय भन्दा बढी एयरबस बेच्न विमान निर्माता कम्पनीलाई अनुमति दिएको छ ।
फ्रान्सस्थित विमान निर्माता कम्पनी एयरबसले अमेरिकाबाट ईरानलाई विमान बिक्रीका लागि अनुमति पाएको पुष्टि गरेको छ ।
विमानको १० प्रतिशत हिस्सा अमेरिकाका निर्माण हुने भएका कारण एयरबसले विमान बिक्रीका लागि अमेरिकाको अनुमति लिनु पर्दछ ।
यद्यपि कम्पनीले कति संख्यामा विमान बिक्रीका लागि अनुमति पाएको हो भन्ने खुलाइएको छैन । इरानमाथिको प्रतिबन्ध हटाइएका कारण विमान बिक्रीका लागि एयरबसले अनुमति पाएको हो ।