निर्वाचनमा विजयी भएपछि ट्रम्पले हिलारीबारे गरे यस्तो घोषणा

निर्वाचनमा विजयी भएपछि ट्रम्पले हिलारीबारे गरे यस्तो घोषणा

Trumpएजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिकी प्रत्यासी रहेकी हिलारी क्लिन्टनको इमेल प्रकरणबारे अब छानविन नगर्ने बताएका छन् । 

राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भएमा क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी दोषी पाइएमा उनलाई जेल हाल्ने धम्की दिएका थिए । 

ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी आफ्नी प्रतिस्पर्धी रहेकी क्लिन्टनलाई थप पीडा दिने आफ्नो चाहना नरहेको समेत बताएका छन् । 

यसअघि अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका निर्देशक जेम्स कोमीले ईमेल प्रकरणमा क्लिन्टनले कुनै गलत काम नगरेको बताइसकेका छन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीले आफ्नो पराजयमा कोमी जिम्मेवार रहेको बताएकी थिइन् ।