japan_tsunamiएजेन्सी । जापानको उत्तर पूर्वी तटमा गएको शक्तिशाली भूकम्पको धक्कापछि फुकुसिमा परमाणु संयन्त्रको इराकामा १० फिट भन्दा अग्लो सुनामी आएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो भने त्यहाँबाट चुहिएको हानीकारण ग्याँसको कारण ठूलो क्षति समेत भएको थियो ।

यसपटकको भूकम्पपछि आएको सुनामीबाट कति क्षति भयो भन्नेबारेमा केही नबताइएपनि सुनामीबाट बच्न चेतावनी जारी गरिएको छ ।

मंगलबार बिहान गएको ६.९ रेक्टरस्केलको भूकम्पको केन्द्र फुकुशिमादेखि ७० किलोमिटर टाढा जमिनदेखि ११ किलोमिटर मुनी रहेको बताइएको छ ।

भूकम्पपछि जापानका क्याबिनेट मुख्य सचिव योशिहिदे सुगाले फुकुसिमा परमाणु संयन्त्रको तेस्रो रिएक्टरको कुलिङ सिस्टले काम गर्न बन्द गरिएको बताएका छन् ।

उनले स्थितिलाई नियन्त्रणमा लिनका लागि टास्क फोर्स गठन गरिएको जानकारी दिएका छन् । टोकियो सम्म झड्का महसुस गरिएको सो भूकम्पले कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने अहिले सम्म सार्वजनिक भएको छैन ।

स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजे भूकम्प गएको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

जापानको कुमामोतो क्षेत्रमा गत अप्रिलमा आएको भूकम्पबाट ५० जनाको मृत्यु भएको थियो । सन् २०११ म फुकुशिमामा भूकम्पपछि आएको सुनामीका कारण १८ हजारभन्दा बढीको मृत्यु तथा वेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर