विवाह समारोहमा आत्मघाती विस्फोट हुँदा १७ को मृत्यु

विवाह समारोहमा आत्मघाती विस्फोट हुँदा १७ को मृत्यु

iraqएजेन्सी । इराकमा एक विवाह समारोहमा भएको आत्मघाती बम आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

बगदादको पश्चिम अमेरियात फलुजामा एक विवाह समारोहका क्रममा विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

यस विवाह समारोहमा इस्लामिक स्टेट (आईएस) को विरोध गर्ने केही स्थानीय अधिकारी समेत सहभागी भएको बताइएको छ ।

आईएसले सो विस्फोटको जिम्मेवारी लिएको छ । शिया बहुल इलाकाका केही युवा आईएसमा सामेल भएका छन् ।