kajal-aggarwalमुम्बई/एजेन्सी– चर्चित बलिउड अभिनेत्री काजोल आफ्नो आगामी फिल्ममा बच्चाको हेरचाह गर्ने एक्लो अभिभावक अर्थात आमाको भूमिका निर्वाह गर्न उत्साहित रहेको बताएकी छन् ।

यो फिल्मको शुटिङ सन् २०१७ को सुरुदेखि नै हुनेछ । निर्देशक आनन्द गान्धी आफ्नो एक नाटकका विषयमा फिल्म बनाउने तयारीमा छन् । जसमा काजोल मुख्य भूमिकामा रहेकी छन् ।

‘शिप अफ थिसस’ का निर्देशक फिल्मका सहलेखक समेत रहेका छन् । यो फिल्मलाई अजय देवगनले निर्माण गर्न लागेका हुन् । काजोलले आनन्द गान्धीले फिल्मको निर्देशन नगर्ने समेत बताएकी छन् ।

सो फिल्मको अन्तिम पटकथा निर्माण कार्य भइरहेको छ । उनले आफू फिल्ममा एक आमाको भूमिकामा रहेको पनि बताएकी छन् । वास्तविक जीवनमा ४२ वर्षीय काजोल दुई बच्चाकी आमा हुन् ।

काजोलले हरेक कलाकारमाथि उनका प्रशंसक र मिडियाका कारण हरेक समयमा राम्रो अभिनय गर्नुपर्ने दबाब पर्ने गरेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर