ह्वाट्सएप प्रयोग गर्नुहुन्छ ? अब आयो तपाईलाई खुसीको खबर

ह्वाट्सएप प्रयोग गर्नुहुन्छ ? अब आयो तपाईलाई खुसीको खबर

whatsapp-messengerएजेन्सी । म्यासेज र कल सुविधा दिने मोबाइल एप ह्वाट्सएपबाट अब भिडियो कलिङ समेत गर्न सकिने भएको छ ।

ह्वाट्सएपले नयाँ सेवाबारे घोषणा गर्दै संसारभरमा अब एक अरब प्रयोगकर्ताका लागि यो सुविधा क्रमिक रुपमा उपलब्ध गराउँदै जाने जानकारी दिएको छ ।

आफ्नो नयाँ फिचरबाट स्काइप, फेसटाईम, गुगल डुओजस्ता म्यासेजिङ एपसँग प्रतिस्पर्धाका लागि ह्वाट्सएपले नयाँ योजना ल्याएको हो ।

ह्वाट्सएपका मार्केटिङ प्रमुख निरज अरोडाले यो सेवाको सुरुवात भारतबाट गर्न लागेको र भारत आफ्नो सबैभन्दा ठूलो बजार भएको जानकारी दिएका छन् ।

साथै उनले अडियो कल र म्यासेजमा जस्तै भिडियो कलमा पनि आफ्ना उपभोक्ताको गोपनियतालाई कायमै राख्ने बताए ।

गत जुनसम्मको तथ्यांकअनुसार ह्वाटसएपबाट दैनिक १० करोडभन्दा बढीले अडियो गर्ने गरेका थिए । विश्वका धेरै देशमा लोकप्रिय रहेको यो एपको स्वामित्व यतिबेला फेसबुकसँग छ ।