यमको सतहमुनी विशाल सागर हुनसक्ने वैज्ञानिकको दाबी

यमको सतहमुनी विशाल सागर हुनसक्ने वैज्ञानिकको दाबी

plutoलस एन्जलस । यम ग्रहको सतह मुनी बिशाल सागर हुनसक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको न्यु होराइजन अन्तरिक्षयानबाट प्राप्त आंकडाको विश्लेषण गरेर वैज्ञानिकहरुले यो निश्कर्ष निकालेका हुन् । यमको सतहमा सागर हुनसक्ने भनाई नयाँ भने होइन ।

तर अध्ययनदेखि अहिलेसम्म प्राप्त सबैभन्दा विस्तृत रिपोर्ट भएको बताइएको छ । यसले यममा रहेको समतल भुमी स्पुतनिक प्लेनिशियाको बारेमा समेत कही जानकारी उपलब्ध गराएको छ ।

स्पुतनिक प्लेनिशियाको सतह यसको आकारका कारण प्रसिद्ध रहेको छ र न्यु होराइजनको पहिलो तस्बिरमा यम ज्वारीय अक्षका साथ जोडिएको देखिएको थियो ।

यस्तो करिब पाँच प्रतिशत घटना पनि संयोगबस हुनसक्ने वैज्ञानिकको भनाई छ । यस अध्ययनको प्रशासन नेचर अफ जर्नलमा गरिएको छ ।