neymar-vs-messiकाठमाडौं । विश्वकप छनौट फुटबलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको छ । नेयमार चम्किएको खेलमा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि सानदार जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपको हो । ब्राजिलको जितमा कौटिन्हो, नेयमार र पाउलिन्होले एक एक गोल गरे ।

लिओनल मेस्सी, सर्जिओ अग्वेरो र गोन्जालो हिगुइनसहितको फ्रन्ट लाइन भएको अर्जेन्टिना घरेलु टोलीसामु निरिह देखिएको थियो ।

यो जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकका साथ विश्वकप छनौटको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिना भने १६ अंकसहित छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर