काठमाडौं । एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटक अष्ट्रेलियाका तीन सहरमा नेपाल महोत्सवको तयारी गरिने भएको छ ।
नोभेम्बर १२ शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सव करिव २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूले ब्रिसबेनबासीलाई नेपाल नजिक पु¥याउने विश्वास लिइएको छ ।
महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृति झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धि र सीप हस्तान्तरण सम्बन्धी एकदिने कार्यशालाको समेत आयोजना गरिन लागेको बुझिएको छ ।
एनआरएन अस्ट्रेलियाले आयोजना गर्न लागेको यस कार्यशालामा नेपालको प्रकोप व्यवस्थापन, विद्युतीय सुशासन, पुनर्निर्माण, यातायात ब्यवस्था र सुरक्षा, आमसञ्चार नीति निर्माण लगायतका बिषयमा १ दर्जन बढी कार्यपत्रहरु प्रस्तुत गरिँदैछ ।
महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आफ्ना गायकी प्रस्तुत गर्नेछन् ।
यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकीय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिँदैछ । करिब पचास हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक दिने यस महोत्सवको तयारी लगभग पूरा भइसकेको छ ।
यसै गरी मेलवर्नमा भने महोत्सव आउँदो डिसेम्बर १७ मा आयोजना हुनेछ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।