काठमाडौ । बुधबार १३ सय रुपैयाँले आकाशिएको सुनको भाउ बिहीबार एकै दिन १४ सयले घटेको छ । भारत सरकारले ५ सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा लगाएको प्रतिवन्ध र अमेरिकाको राष्ट्रपतिय निर्वाचनका कारण एकै दिन तोलामा एक हजार ३ सय बढेको सुनको भाउ फेरि आज एक हजार ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ८ सय, तेजावी ५६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २ सय, तेजावी सुन तोलामा ५७ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको थियो । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुन तोलाको ५६ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।