बुटवलमा माओवादीका २१ कार्यकर्ता गिरफ्तार

बुटवलमा माओवादीका २१ कार्यकर्ता गिरफ्तार

बुटवल । नेपाल बन्दको प्रचार प्रसार गर्दै चक्काजाममा उत्रिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ताहरुलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ ।

कार्तिक २८ गते बन्द सफल पार्न भन्दै बिहीबार बिहान एक घण्टे चक्काजाम गर्न लाग्दा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गिरफ्तार हुनेहरुमा माओवादी जिल्ला सचिव शरद ओलीसहित २१ जना रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको जनाइएको छ ।