shane-kimbroughएजेन्सी । विश्वभरमा चर्चित अमेरिकी राष्ट्रपतिको निर्वाचनमा यो धर्तीबाट धेरै टाढा अन्तरीक्षबाट समेत भोटिङ भएको छ ।

नासाका अनुसार बाहिरी अन्तरिक्षमा रहेका एकमात्र अन्तरिक्षयात्रीले अन्तरिक्षयानबाट नै आफ्नो भोट दर्ज गराएका हुन् ।

नासाले शेन किम्ब्रो अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनबाट मतदान गर्ने लामो समयदेखि चलिआएको परम्परामा सामेल हुने पछिल्लो अन्तरिक्षयात्री बनेका छन् ।

शेन रुसी सोयुज रकेटमा सवार भएर १९ अक्टोबरमा दुई रुसी अन्तरिक्षयात्रीका साथ आईएसएसका लागि प्रस्थान गरेका थिए । उनी अन्तरिक्षमा रहेको सो सोधकेन्द्रमा चार महिना रहनेछन् ।

सन् १९९७ देखि अमेरिकी अन्तरिक्षयात्री टेक्सास कानुन अनुसार मतदान गर्दै आएका छन् । अधिकांश अन्तरिक्षयात्री ह्युस्टन क्षेत्रमा रहने गर्दछन् । जहाँ नासाको मिशन कन्ट्रोल र जोनसन स्पेस सेन्टर रहेको छ ।

अन्तरिक्षबाट भोट हाल्ने पहिलो अमेरिकी वैज्ञानिक डेभिड वोल्फ थिए । उनले रुसी अन्तरिक्ष स्टेशन मीरबाट आफ्नो भोट खसालेका थिए ।

नासाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अन्तरिक्ष स्टेशनमा रहेका शेन किम्ब्रो यस अवसरको लाभ लिने सबैभन्दा पछिल्लो अन्तरिक्षयात्री हुन् ।’

उनले कसरी आफ्नो भोट पृथ्वीमा पठाए भन्नेबारेमा भने कुनै जानकारी दिइएको छैन । नासा या शेन दुवैले कुन उम्मेदवारको पक्षमा भोट हाले भन्ने बारेमा पनि केही बताइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर