काठमाडौं । अमेरिकामा राष्ट्रपतिको निर्वाचन भइरहेको छ । त्यहाँको व्यवस्थाअनुसार ४ लाख १० हजारभन्दा बढीले आफ्नो भोट खसालिसकेका छन् ।
के तपाईलाई थाहा छ हिलारी र ट्रम्पको चुनाब चिन्ह ।
नेपालका राजनीतिक दलको रुख, घाम, हसिया हथौडा, तारा, हलो चुनाव चिन्ह भएजस्तै अमेरिकामा पनि हिलारी क्लिन्टनको गधा र ट्रम्पको हात्ती चुनाव चिन्ह हुन् ।
हिलारी र ट्रम्पका मात्रै नभएर अमेरिकामा डेमोक्रेटिक पार्टीका गधा र रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो । डेमोक्रेटिक पार्टीले सन् १८२८ मा चुनावका क्रममा पोस्टरमा प्रचारका लागि गधाको प्रयोग गरेको थियो ।
डेमोक्रेटिक उम्मेदवार एन्ड्रयु ज्याक्सनले यसको प्रयोग गरेपनि उनलाई यही नामले बोलाएको किस्सा छ । यसपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार थोमस नस्टले गधाको कार्टुन आफ्नो प्रभारमा प्रयोग गरे ।
१९ औं शताब्दीको अन्त्यसम्ममा डेमोक्रेटिक पार्टीको चुनाव चिन्हको रुपमा गधा लोकप्रिय भइसकेको थियो । अमेरिकामा रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्तीको कहानी पनि कम रोमान्चक छैन ।
पूर्व राष्ट्रपति अब्राहम लिंकनको चुनावी अभियानमा इलिनायको एक स्थानीय अखबारमा हात्तीको प्रयोग गरिएको थियो । त्यसको अर्थ हात्तीलाई शक्तिको प्रतिकको रुपमा लिइएको हुनुपर्छ ।
सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा हात्ती र गधाबीच घम्साघम्सी परिरहेको छ । केही घन्टापछि नै गधाले जित्छ या हात्तीले भन्ने टुंगो लाग्नेछ ।