काठमाडौं । शान्ति प्रक्रियाका नाममा माओवादी सहर पसेको ठीक १० वर्ष पुगेको छ ।
१० वर्षका अवधिमा माओवादी आन्दोलनमा धेरै फुट पैदा भइसकेको छ भने कतिपय नेताहरु १० वर्षे जनयुद्धको मर्मलाई लत्याउँदै प्रतिक्रियावादी कुर्सीका लागि मारामार गरिरहेका छन् ।
आजभन्दा १० वर्षअघिको माओवादी र आजको माओवादीमा धेरै भिन्नता पाइन्छ । त्यसबेलाको माओवादी देश र जनताका लागि आफ्नो ज्यान पनि दिन तयार भएको थियो भने अहिलेका अधिकांश माओवादी केबल लिनका लागि मात्रै ज्यान फालेर लाग्ने गरेका छन् ।
यसै सिलसिलामा रोल्पाकाे चुनुवाङ मा बसेको माओवादीको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पास गरेर तत्कालीन सात दलसँग सम्झौता गर्ने नीति लियो ।
सोही बैठकमा कलाकारहरुले देखाएको ओपेरा हेरेर माओवादीका अधिकांश नेताहरु धरधरी रोएका थिए । तत्कालीन समयमा वरिष्ठ नेताहरु मोहन वैद्य किरण र सीपी गजुरेल गौरव भारतको जेलमा रहेका बेला गरिएको सो निर्णयले सिंगो माओवादी आन्दोलनलाई तहसनहस पार्यो ।
अहिले अधिकांश माओवादी नेताले बलिदानलाई बिर्सिसकेका भएपनि तीन दिनहरु क्रान्तिकारीहरुका मस्तिष्कमा ताजै छन् । ‘नमिलोस कहिल्यै माटोमा कमरेड यो हाम्रो बलिदान’, भन्दै जनकलाकारहरुले जे ओपेरा त्यो बैठकमा देखाएका थिए । आज प्रचण्डसहितका नेताको चुकुल त्यही नै खुस्किन पुग्यो ।