मुखर्जी भ्रमणः जनकपुर र पोखराबाट फर्किएर दिल्ली प्रस्थान गर्ने

मुखर्जी भ्रमणः जनकपुर र पोखराबाट फर्किएर दिल्ली प्रस्थान गर्ने

pranab-mukherjeeकाठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाँदै छन् ।

मुखर्जीेले जनकपुरमा जानकी मन्दिरमा पुजाअर्चना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेट बिताउने छन् ।

बुद्ध एयरको विशेष विमानबाट शुक्रबार बिहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गर्ने उनी जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागेको नागरिक अभिनन्दनमा सहभागी हुनेछन् ।

मुखर्जीको स्वागतलाई भव्य बनाउन स्थानीयहरुले जनकपुरको विमानस्थलदेखि जानकी मन्दिर सम्म करिव ३ किलो मिटरको दुरीमा प्रत्येक ७० मिटर दुरीमा ४५ वटा स्वागतद्वारा निर्माण गरिएको छ ।

जनकपुरको कार्यक्रम सकेर मुखर्जी आजै पोखरा जाँदै छन् । उनले पोखरामा तीन घन्टा विताउने छन् । राष्ट्रपति मुखर्जी जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराहृन पौने १ बजे उत्रँदै छन् ।

मुखर्जीले पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने र पोखरा–१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् ।

पोखराको कार्यक्रम सकेर मुखर्जी ४ बजे काठमाडौं हुँदै दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।