काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भारत जाँदैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा पनि दिल्ली जान लागेका हुन् ।
भारतीय जनता पार्टी निकट बुद्धिजीवीहरुको संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन देउवा शुक्रबार नै दिल्लीबाट गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्नेछन् ।
देउवाले शुक्रबार नै गोवाका मुख्यमन्त्रीसहित अन्य मन्त्रीसँग पनि शुक्रबार नै भेटघाट गर्ने भएका छन् । शनिबार नै दिल्ली फर्किने उनले राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ ।
आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने आइतबार र सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सुस्मा स्वराजसहितका नेताहरुसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राजनीतिक भेटघाट सकाएर देउवा कात्तिक २३ मा स्वदेश फर्कने देउवाको सचिवालयले जनाएको छ ।