भारतमा खेलियो जनवादी देउसी भैलो

भारतमा खेलियो जनवादी देउसी भैलो

nepali-ekata-bharat

दिल्ली । नेपाली एकता समाज भारतको आयोजनामा जनवादी देउसी भैलो खेलियो । नेपालबाट भारतमा रोजगारीको लागि गएका नेपालीहरु बसेको घर घरमा गई देउसी भैलो खेलिएको हो । भारतको नोएडा, दिल्ली, पंजाव, महाराष्ट्र, हैदरावादलगायतका स्थानमा जनवादी गीत संगीत मार्फत् देउसी भैलो खेलिएको थियो । देउसी भैलो कार्यक्रममा एकता समाजका नेता, कार्यकर्ताहरु र नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।