अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र हिलारीबीच कडा प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र हिलारीबीच कडा प्रतिस्पर्धा

clinton-trump-split-large_transकाठमाडौं । नोभेम्बर ८मा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनको ताजा मत सर्वेक्षणमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एबीसी न्यूजले गरेको सर्वेक्षणमा रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिद्वन्द्वन्दी हिलारी क्लिन्टनभन्दा १ प्रतिशत बढी मत पाएको जनाएको छ । यस्तै अर्को एक सर्वेक्षणमा भने हिलारी नै अगाडि देखिएकी छन् ।

दुई साता पहिले हिलारी ट्रम्प भन्दा सात अंकले अगाडि थिइन् तर अहिले उनको ट्रम्पसँगको दूरी कम भएको छ ।

ट्रम्प तथा हिलारी अहिले त्यस्तो राज्यमा चुनाव प्रचारमा छन् जहाँको मत अन्तिम समयमा जता पनि जानसक्ने सम्भावना रहेको छ ।

हिलारीले फ्लोरिडामा चुनाव प्रचार गरिन् भने डोनाल्ड ट्रम्पले पेन्सिल्वेनियामा मतदातालाई आफ्नो पक्षमा लिने प्रयास गरिरहेका छन् ।