जम्मू–कास्मिरमा गोलाबारी, ८ भारतीयको मृत्यु, २ पाक रेन्जर मारिए

जम्मू–कास्मिरमा गोलाबारी, ८ भारतीयको मृत्यु, २ पाक रेन्जर मारिए

indian-army_kasmirएजेन्सी । जम्मू कास्मिरमा जारी भारत र पाकिस्तानबीचको दोहोरो गोली हानाहानमा ८ जना भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य २२ जना भन्दा बढी घाइते भएका छन् ।

साबामा रमगढ सेक्टरमा भएको गोलाबारीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य नौ घाइते भएका छन् । गोलाबारीका कारण आत्तिदा एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यसका साथै पुछ जिल्लको नौशेरा सेक्टरमा बमले दुई महिलाको मृत्यु भएको छ तथा अन्य १३ जना घाइते छन् । भारतीय सेनाले गरेको गोली प्रहारमा दुई जना पाकिस्तानी रेन्जरको पनि मृत्यु भएको जनाइएको छ ।

भारतले सर्जिकल स्ट्राइक गरेको दाबी गरेपछि अहिलेसम्म सीमामा भएको गोलाबारीमा १८ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ आम नागरिक रहेका छन् ।