आज बाहिर निस्कदै हुनुहुन्छ ? यी रूटमा सवारी चलाउन राेक छ

आज बाहिर निस्कदै हुनुहुन्छ ? यी रूटमा सवारी चलाउन राेक छ

traffic-jamकाठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन आज दिनभर राजधानीका सडकमा यातायात प्रभावित हुने भएको छ ।

मुखर्जीको नेपाल भ्रमणका क्रममा सरकारले सार्वजनिक विदा नै दिएर राजधानीका सडक सवारीको समयमा खाली गर्ने भएपछि सर्वसाधारणले वैकलल्पिक मार्गको प्रयोग गर्नुपर्ने भएको हो ।

विहान साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारीक्षेत्रमा सवारी प्रभाति हुने भएकाले बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तै दिउँसो १ बजे देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन ।

दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्मगौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक प्रभावित हुने छ ।

यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी आवगमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।