griezmann_apकाठमाडौं । शीर्ष क्लबहरु आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मंगलबारराति भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–२ ले हराउँदै इङलिश क्लब आर्सनल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आर्सनलका लागि ग्रानिट झाका, ओलिभर जिरोउड र मेसुट ओजिलले १–१ गोल गरे । सोही समूहको अर्को खेलमा स्विट्जरल्याण्डको एफसी बाजललाई २–१ ले हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम १६ मा पुगेको छ ।

च्याम्पियन्स लिगको समूह डी बाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा पुगेका छन् । स्पेनको एथ्लेटिको मड्रिडले रुसको एफसी रुस्तोभलाई २–१ ले हराउँदा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई पनि समान २–१ ले नै पराजित ग¥यो ।
च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले स्पेनको बार्सिलोनालाई ३–१ ले हरायो । सिटीका लागि ईके गुन्डोगानले दुई तथा केभिन डे ब्रायनले एक गोल गरे । बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलमा पोर्चुगलको बेनिफिकाले युक्रेनको डाईनामो किभलाई १–० ले हराउँदा टर्कीको बेसिक्टास र ईटालीको नापोलीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर