काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गतको निर्णायक खेलमा आज उपाधी दाबेदारहरु न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब भिड्दैछन् ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । लिगमा १२ खेलबाट २५ अंक जोडेको एनआरटी शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको सातदोबाटो चौंथो स्थानमा रहेको छ ।
समान २५ अंक जोडेको च्यासल युथ क्लब भने ‘ए’ डिभिजनमा बडुवा भइसकेको छ । आजको खेलमा जित वा कम्तिमा बराबरी गरेको अवस्थामा एनआरटी लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा फर्कनेछ ।
तर, आजको खेलमा एनआरटीलाई हराउन सकेको अवस्थामा भने सातदोबाटो युथ क्लब लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा उक्लिनेछ ।
आजको खेल जित्दा सातदोबाटो र एनआरटीको समान २५–२५ अंक भएपनि ‘हेड टु हेड’ का आधारमा सातदोबाटो च्याम्पियन बन्नेछ ।
१४ टोली सहभागी ‘बी’ डिभिजन लिगबाट दुई टोली ‘ए’ डिभिजनमा उक्लने छने भने दुई वटा सी डिबिजनमा घटुवा हुनेछन् । महावीर क्लब र सामाजिक युथ क्लब घटुवा भइसकेका छन् ।