माओवादीको आन्दोलनका क्रममा पत्रकार गिरफ्तारी प्रति महासंघको आपत्ति

माओवादीको आन्दोलनका क्रममा पत्रकार गिरफ्तारी प्रति महासंघको आपत्ति

काठमाडौं । क्रान्तिकारी माओवादीले राजधानीमा शुक्रबार आयोजना गरेको चक्काजाममा समाचार संकलनका लागि पुगेका दुई पत्रकारलाई पक्राउ गरिएको प्रति क्रान्तिकारी पत्रकार महासंघले आपत्ति जनाएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सचिवालय सदस्य रनसुर (रमेश) महतरा र फोटो पत्रकार जय दाहाललाई समेत प्रदर्शनकारीसँगै पक्राउ गरिएकोमा कडा शब्दामा निन्दा गरेका हुन् ।

क्रान्तिकारी पत्रकार महासंघले पक्राउ गरिएका दुवै पत्रकारको तत्काल रिहाईको लागि पनि जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादीले शुक्रबार राजधानीमा गरेको १० देखि ११ बजेसम्मको चक्काजामको समाचार संकलनका लागि पुगेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

क्रान्तिकारी माओवादीले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ता गिरफ्तारीको विरोध र तत्तकाल रिहाईको माग गर्दै आयोजना गरेको आन्दोलनका कार्यक्रमका क्रममा सो पार्टीका नेवाः राज्य समिति इन्चार्ज दिनेश शर्मासहित दर्जनबढीलाई पक्राउ गरि महेन्द्र पुलिस क्लबमा राखिएको छ ।