mohan-kiranकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले पक्राउ परेका आफ्नो पार्टीका सबै नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष वैद्यले शान्तिपूर्ण आन्दोलनका कार्यक्रममाथि गरिएको धरपकड, गिरफ्तारी सरकार र प्रहरीको निरंकुश कार्य भएको भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहित अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको गिरफ्तारीको विरोधमा शुक्रबार आयोजित एक घन्टे चक्काजामको क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा, पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु शारदा महत, प्रा.डा. जगदिशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश महतरासहितलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।

बुधबार प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ, दीपेन्द्र सुनुवारलाई बागबजारबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर