गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइ गर्न क्रान्तिकारी माओवादीको माग

गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइ गर्न क्रान्तिकारी माओवादीको माग

काठमाडौं । सरकार र प्रहरीको निरंकुश कारबाहीको घोर भत्र्सना गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइको माग गरेका छन् । नेताकार्यकर्ताहरुको गिरफ्तारी लगत्तै जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, “हाम्रो पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र अन्य दुई जना केन्द्रीय सदस्यलाई चन्दा संकलन गरेको बहाना बनाएर प्रहरीले गिरफ्तार गरेको र हिजो जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गर्ने कामसमेत गरेको कुरा सार्वजनिक भइसकेको छ ।

झुठा मुद्दाको खारेजी र निर्दोष साथीहरुको रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला सुन्धारा नजिकबाट हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा, पवन श्रेष्ठ, केन्द्रीय सदस्यहरु– शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, पत्रकारहरु लगायत १५ जनालाई गिरफ्तार गरी पुलिस क्लबमा थुनामा राखिएको छ । सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ ।”