नेपाललाई भुटानीकरण गर्ने भारतको रणनीतिमा दाहालद्धारा सहमति

नेपाललाई भुटानीकरण गर्ने भारतको रणनीतिमा दाहालद्धारा सहमति

hukum-singhनेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण सकेर नेपाल फर्केका छन् । उनले आशा गरेका थिए, उनको भ्रमणबाट मोदी उनका लागि दाहिना हुने छन् । र उनका विरोधीले उनको सरकारमाथि लगाउने गरेको भारतीय प्रभुको अशिरवादको आरोप मिथ्या प्रमाणित हुने छ । आखिरमा पुष्पकमल दाहाल नै यस्ता कम्युनिष्ट प्रमाणित भए, जसले नेपालमा सर्वहारावर्गको मुक्तिका लागि दशौहजार नेपाली सहीद बनाए, हजारौ अपांग बनाए, सयौ वेपत्ता बनाए ।

भारतीय दलाल भन्दै स्वयम् आफ्नै पार्टीका नेताहरुमाथि जनयुद्धकालमा निशम्स दमन गरे । भारतीय दलालभन्दै कैयौलाई सफाया गरियो । जनवादी क्रान्तिको सफलताका लागि भन्दै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा पार्टी कार्यकर्ता र त्यहाँका जनतामाथि जवरजस्ती गरी हजारौ सुरुङहरु खन्न लगाइए । नेपालको पहिलो प्रधानमन्त्री भएर प्रभुका अगाडि झुक्नभन्दा राजीनामा दिनु ठिकभन्दै राजीनामा पनि दिए । एमालेका माधव नेपाललाई प्रधानमन्त्री बनाउन सबै कसरत गरे तर पछि उनैलाई भारतको कठपुतलीभन्दै कार्यकर्तालाई उनका विरुद्ध सडकमा उतारे । पछि झलनाथलाई प्रधानमन्त्री बनाउदा दिल्लीलाई चक्मा दिएको पनि भन्न पछि परेनन् ।

तर अहिले आएर उनी किन उसरी नांगेझार भएर भारतका अगाडि लम्पसार परे त ? अहिले यो प्रक्रियामा उनीमात्रै गएका छैनन्, बहुसंख्यक माओवादीहरुनेकौ तयाग, तपस्या र बलिदान दिउका थिए , करीब करीब ती सबैलाई आफ्नै नेतृत्वको माओवादी केन्द्रमूनी गोलवन्द गर्दै सो काम गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)भित्रबाट क्रान्तिका लागि भन्दै ठूलो संख्यामा प्रचण्डको नेतृत्वमा पुनर्वहाली गराउन सफल भएका बादल–गुरुङहरु जसले विगतमा संविधानसभा २को सक्रिय बहिष्कार गर्दै भनेका थिए, क्रान्तिबाटै हामी नेपाली जनताको संविधान लेख्ने छौ ।

अहिले उनी लगायत सबै माओवादीलाई एक ढिक्का बनाएर भारतको नेपाललाई भूटानीकरण गर्ने रणनीतिभित्र एउटा मद्तगारको रुपमा काम गर्ने राजनीतिक दलका रुपमा अगाडि ल्याएका छन् । केही समय अगाडि नेकपा(क्रान्तिकारी माओवादी) को प्रवक्ता भएकी पम्पा भूसाल जो अहिले माओवादी केन्द्रको प्रवक्ता छिन उनले दाहालको भारत भ्रमणका अनेकौ उपलव्धीहरुको व्याख्या गर्दै भनेकी छिन्–हाम्रो पार्टीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

स्वयम् प्रचण्डलाई थाहा छ, दिल्ली इतिहासदेखिको उसका छिमेकीहरुमाथिको हैकमवादी र विस्तारवादी चिन्तनबाट त मुक्त त थिएन् । तर अहिले यहि विस्तारवादी सोंच नै दाहालको भ्रमणमा उनका अगाडि ठिंगै उभिदा किन उनी त्यसका अगाडि लम्पसार पर्न गए ? । तर उनको भ्रमणलाई लिएर स्वयम् उनकै पार्टीका वरिष्ट नेता नारायणकाजीले प्रतिक्रियादिंदै भनेका छन् –“प्रचण्ड चुके पार्टी फस्यो ।”(सांघु असोज ३, २०७३) त्यसमा जोड दिंदै उनले सोही पत्रिकामा भनेका छन–“जुन कुरा गर्नु हुँदैन् भन्ने लागेको थियो, त्यही कुरा गरे प्रचण्डले, बर्बादै भयो हेर्नुस ।”

दाहाल र मोदीको संयुक्त वक्तव्यमा जम्मा २५ बुँदा छन्, जसको ११ नम्वर बुँदामा लेखिएको छ–“…….प्रमुख अन्तराष्ट्रिय विषयहरुमा दुई मुलुकको समान विचार रहेको विश्वास व्यक्त गरिएको छ ।” भनेर भनिएको छ । दुईवटा स्वतन्त्र र सार्वभौम देशको अन्तराष्ट्रिय नीति कसरी समान हुन्छ ? यसो भनेर भारतले नेपालबाट उसको भुटानको विदेश नीति नेपालको परराष्ट्र नीतिका रुपमा कार्यान्वयन होस भन्ने चाहेको र उल्लेखित बुँदामा सहमति गरेर दाहालले नेपालमाथि भारतको भुटानीकरणलाई सैद्धान्तिक स्विकृति दिएका छन् । र यसरी नेपालको परराष्ट्र मामलामा दिल्लीको हस्तक्षेपलाई सकारात्मक रुपले स्विाकार गर्ने सायद उनी नेपालको पहिलो गणतन्त्रवादी प्रधानमन्त्री भएका छन् ।

विगतमा उनले उनकै पार्टीका अर्का नेता बाबुरामलाई दिल्लीसित उनको सम्वन्धलाई लिएर जे जस्ता आरोप उनीमाथि लगाएर पार्टीभित्र आफूलाई राष्ट्रवादी नेताको छवि बनाउन सफल भएका थिए, जो अहिले त्यो सबै आफ्ना कांधमाथि बज्रिन आएको उनले पत्तै पाएनन् । परिणाम अहिले उनकै अर्का नेता नारायणकाजीवाट उनीमाथि उक्त अभिव्यक्ति आएको छ ।

माओवादी केन्द्र बनाएर नेकपा(क्रान्तिकारी माओवादी)को एउटा ठूलो शक्तिलाई उक्त केन्द्रमा समाहित गराउन सफल देखिएका बादल–गुरुङको देशभक्ति पनि पानी फोका बनेर तै चुप मै चुपको अवस्थामा देखिएको छ । नारायणकाजीले त कम्तीमा आफ्ना असहमति बाहिर ल्याएका छन् तर बादल भने एउटा विचारविहिन उपभोक्तावादी संस्कृतिभित्र आफूलाई भविश्यको पार्टी अध्यक्षको सपनामा नै हराउन उचित ठानेको देखिएको छ ।

बादल–गुरुङको रणनीति विचारविहिन भएरै दाहालको नजिकमा रहेर जे जसरी हुन्छ नारायणकाजी समूहको अस्तित्वलाई उक्त पार्टीभित्रबाट निमिटयान्न पार्ने र आफूर आफ्नो समूहलाई माकेभित्र स्थापित गराउने रहेको छ । उनी र उनको समूह माकेभित्र एउटा अवसरवादी र विचारविहिन ‘हिजको मिलेरावाद आजको माक्र्सवाद हुन सक्छ ।’ भन्ने उद्घोष गर्दै नेकपा(क्रान्तिकारी माओवादी)लाई विभाजन गराएर एमाओवादीमा प्रवेश गराएरका थिए । र अहिले उनका पछाडि लागेका बुद्धिजीवीहरुको राष्ट्रियता पनि दाहलसंगै बगेर गएको छ ।

अहिले आम नेपालीको वीचमा बहसको विषय दाहालले नेपालको आजसम्मको स्वतन्त्र वैदेशिक नीतिलाई समाप्त पारेका छन् भन्ने छ । विदेशी फोरममा भारतलाई सहयोग गर्ने भनेको नेपालको अवस्था स्पष्टतः भूटानको हो । यो सिधै राष्ट्रघातहो । उनको यो सहमतिले नेपाल र नेपालीको शिर निहुरिएको छ । त्यसको साथै भारतीय लगानीका परियोजनाको अनुगमन भारतीय दुतावाससित मिलेर नेपाल सरकारले गर्ने भन्ने सहमति पनि अर्को एउटा गलत सहमति भएको छ । यसरी नेपालको सार्वभौमिकतामाथि प्रचण्डले यति छिटै किन दिल्लीको आशिरवादमा चढाए, आम बहसको आवश्यकता छ । माओवादी केन्द्रका आफूलाई क्रान्तिकारी र देशभक्त भन्नेहरुले नेपाल र नेपाली जनतालाईके जवाफ दिने हुन् ? हेर्ने समय आएको छ ।
hukumsingh2012@yahoo.com