सिरिया आक्रमणमा अमेरिकाले लगायो रुसमाथि आरोप

सिरिया आक्रमणमा अमेरिकाले लगायो रुसमाथि आरोप

syriaएजेन्सी । अमेरिकाले सिरियामा मंगलबार राहत सामग्री बोकेका ट्रकमा भएको आक्रमणमा रसिया जिम्मेवार रहेको आरोप लगाएको छ ।

सिरियाको एलेप्पोमा राहत सामग्री बोकेका ट्रकमा सिरियाली सेनाले गरेको आक्रमणमा रेडक्रसका अधिकारीसहित २० जना भन्दा बढी मारिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा ३० भन्दा बढी मारिएको जनाएको छ ।

सिरियाली सेनाले सोमबारराति एक साता लामो युद्धविराम अन्त्य भएको घोषणा गर्दै एलेप्पोमा पुनः आक्रमण गरेको थियो । रसियाले भने आक्रमणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ ।

यता, राष्ट्रसंघले सिरियामा सहायता सामग्री पुर्याउने जिम्मेवारी पाएका सबैलाई निलम्बन गरेको छ । एलेप्पोमा मानवीय सहायता सामग्री बोकेर गएका ट्रकमा आक्रमण गरिएपछि त्यसको जिम्मा पाएका सबै निलम्बनमा परेका हुन् ।

सहायता सामग्री लिएर एलेप्पो जान टर्कीको सीमा क्षेत्रमा सहायता सामग्री बोकेर रहेका ३१ मध्ये १८ ट्रक क्षतिग्रस्त भएका छन् ।