काठमाडौं । दक्षिण सुडानमा जारी गृहयुद्धका क्रममा भागेका मानिसको संख्या १० लाख नाघेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१३ को डिसेम्बरदेखि गत जुलाई सम्ममा दक्षिण सुडानकाबाट १० लाख मानिस भागेको जनाएको छ ।

राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले गत जुलाईमा राजधानी जुवामा ठूलो झडपपछि देश छाडेर भाग्नेको संख्या ह्वात्तै बढेको बताएका छन् ।

गत जुलाईदेखि यतामात्र दक्षिण सुडानबाट एक लाख ८५ हजार मानिस देश छाडेर भागेका छन् भने गृहयुद्धका कारण आन्तरिक विस्थापनमा पर्नेको सख्ंया १६ लाख पुगेको जनाइएको छ ।

राष्ट्रपति साल्भा किइर र पूर्व उपराष्ट्रपति रिएक मचारबिचको मतभेदका कारण दक्षिण सुडानमा सन् २०१३ देखि गृहयुद्ध सुरु भएको हो । सुडानबाट विभाजित भएर दक्षिण सुडान बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर