मेस्सी बिना अर्जेन्टिना बराबर, शीर्ष स्थानमा उक्लिने मौका गुमायो

मेस्सी बिना अर्जेन्टिना बराबर, शीर्ष स्थानमा उक्लिने मौका गुमायो

Venejuela and argentinaकाठमाडौं । अर्जेन्टिनाले सन् २०१८ को विश्वकपको दक्षिण अमेरिकी छनोटमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सी बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले घरेलु टोली भेनेजुएलासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मेस्सी चोटका कारण भनेजुएलाविरुद्धको खेलमा मैदान बाहिर भएका हुन् । खेलको ३४ औं मिनेटमा जुएनपीले गोल गर्दै भेनेजुएलालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भेनेजुएलाका लागि दोस्रो हाफको ५२ औं मिनेटमा जोसेफ मार्टिनेजले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

अर्जेन्टिनाका लागि ५८ औं मिनेटमा लुकास प्राटोले एक गोल फर्काए भने ८३ औं मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै टिमलाई हारबाट जोए । बराबरीपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी छनौटको शीर्ष स्थानमा उक्लने मौका भने गुमाएको छ ।

भेनेजुएलालाई हराएको भए अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने थियो । अहिलेसम्म खेलका ८ खेलमा चारमा जित, तीनमा बराबरी र एकमा पराजित भएको अर्जेन्टिना १५ अंकसहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानमा रहेको उरुग्वेको १६ अंक रहेको छ ।