ट्राफिक ज्यादती र यातायात माफियाविरुद्ध संगठित हुँदै क्रान्तिकारी यातायात मजदुरहरु

ट्राफिक ज्यादती र यातायात माफियाविरुद्ध संगठित हुँदै क्रान्तिकारी यातायात मजदुरहरु

pp

काठमाडौं । ‘यातायातमा भइरहेको ट्राफिक ज्यादती–अन्त्य गर, यातायात व्यवसायमा माफियातन्त्रको अन्त्य गर, पार्किङ व्यवस्थापन –तुरुन्त लागू गर, सामाजिक कल्याणकारी कोषलाई– तुरुन्त लागू गर, यातायातमा भइरहेको ठेकेदारी प्रथा– अन्त्य गर’ जस्ता माग गर्दै क्रान्तिकारी मजदुरहरु संगठित हुन थालेका छन् । ‘यातायात मजदुरहरुको हक,हित र अधिकारका निम्ति स्थापित भएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ अब यातायात मजदुरहरुमाथि भइरहेको ज्यादतीका विरुद्ध सडकमा उत्रन्छ’ काठमाडौंमा शनिबार मात्र सम्पन्न भएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ काठमाडौंको भेलाबाट निर्वाचित अध्यक्ष जितबहादुर राईले मूलबाटोसँग कुराकानीको क्रममा भने, “विगतका मजदुर नेताहरु अवसरवादी बने, मजदुरको भन्दा मालिकको सेवा गरे, रातारात मजदुर आन्दोलनमाथि गद्दारी गर्दै अभिजातवर्गमा फेरिए । विगतका सबै नकारात्मक विरासतबाट पाठ सिक्दै अब हाम्रो क्रान्तिकारी यातायात मजदुर संघ स्तातिलो बनेर मजदुरहरुको अधिकारको लागि लड्नेछ ।’

majdur f
शनिबार सम्पन्न अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको काठमाडौंको भेलामा यातायात मजदुरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । करिब ३ सय मजदुरहरुको उपस्थिति रहेको भेलाले जितबहादुर राईको अध्यक्षतामा ४७ जनाको जिल्ला समिति निर्माण गरेको थियो ।
यातायात मजदुर नेता भुवन राउतले संचालन गरेको सो भेलाको प्रमुख आतिथ्यता अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक ईश्वर तिमिल्सिनाले गरेका थिए भने महासंघका पूर्व अध्यक्ष बद्री बजगाईंको विशेष उपस्थिति रहेको थियो । भेलाले पाँज जना उपाध्यक्ष, एक सचिव, दुई उपसचिव, कोषाध्यक्ष रहेको पदाधिकारी निर्माण गरेको छ । जस अनुसार उपाध्यक्षहरुमा क्रमशः पूर्ण क्रान्तिकारी, राजेश श्रेष्ठ, कृण घोरासैनी, नेत्रबहादुर कार्की, राजु कार्की, सचिव केदार मैनाली, सहसचिवद्वय केशव खतिवडा, दिलबहादुर तामाङ र कोषाध्यक्ष नारायण भण्डारी रहेका छन् ।
भेलाले छत्र कार्की, भूपाल भूजेल, वालकृष्ण मैनाली, चित्रबहादुर श्रेष्ठ, धर्मराज दाहाल, विकास लामा रहेको सल्लाहकार समिति बनाएको छ भने जिल्ला सदस्यहरुमा सुरेश रञ्जित, खुमबहादुर चन्द, मधु अधिकारी, पूर्ण लामा, राजकुमार ढकाल, सोभितमान तामाङ, अर्जुन खत्री, निर्मल लामा, सन्तोष चौधरी, कुमार रानामगर, त्रिरत्न स्थापित, चन्द्र विक, कृष्ण खड्का, टहल बहादुर सार्की, सन्तराम चौधरी, तिर्थ श्रेष्ठ, भूपाल खड्का, सन्तोष श्रेष्ठ, नवराज चौलागाईं, रत्न बस्नेत, सोभितमान लामा‘बि’, वालकृष्ण मैनाली, सरोज बुढाथोकी, राजु तामाङ, लक्ष्मण लामा, मदुसुदन अधिकारी रहेका छन् । 

jit
क्रान्तिको मार्गबाट भागेर संसदीय फोहरी अहालमा मुख जोत्न पुगेका बादल गुटका केही तत्वहरुले क्रान्तिकारी यातायात मजदुरहरुलाई संगठित हुन नदिन विभिन्न भ्रम छर्ने गरेको मजदुर नेता केशवले मूलबाटोलाई बताए, “निहीत तुच्छ स्वार्थका पछि नाङ्गै दौडिने संसदवादीहरुका भाटहरुले त के दुनियाँको कुनैपनि तागतले क्रान्तिकारी मजदुरहरुलाई संगठित हुनबाट रोक्न सक्दैन । मजदुरहरु अन्याय र अत्याचारका निम्ति जस्तोसुकै लडाइँ पनि लड्न तयार छन् ।”