वैज्ञानिक अनुसन्धानको क्षेत्रमा अर्को सफलता

वैज्ञानिक अनुसन्धानको क्षेत्रमा अर्को सफलता

milky-wayकाठमाडौं । वैज्ञानिकहरुले पृथ्वीभन्दा ११.१ अरब प्रकाश वर्ष टाढा आकाशगंगाको एक समूह पत्ता लगेको बताएका छन् ।

आकाशगंगाको यो समूह अहिलेसम्म प्राप्त तथ्यअनुसार पृथ्वीबाट सबैभन्दा टाढाको दुरीमा रहेको छ ।

अनुसन्धानकर्ताले नासाको चन्द्र एक्सरे वेधशाला र अन्य दूरदर्शी यन्त्रका मद्दतले यो समूह पत्ता लगाएको बताएका छन् ।

अनुसन्धानको अगुवाई गरेका फ्रेन्च वैकल्पिक उर्जा र परमाणु उर्जा आयोग (सीईए) का ताओ वांगले यो आकाशगंगा दुरीका हिसाबलेमात्रै नभएर यसमा देखिएको प्रगति उल्लेखनीय रहेको जनाएका छन् ।

उनीहरुले यसमा यसअघि यस्तो परिवर्तन कहिल्यै नदेखिएको पनि उल्लेख गरेका छन् । यस आकाशगंगाको समूहलाई सीएल जे १००१ प्लस ०२२० नाम दिएका छन् ।

अनुसन्धानकर्ताहरुले यस आकाशगंगाको गठन करिब ७० करोड वर्षपहिले नै नभएको अनुमान गरेका छन् । सीएल जे १००१ मा ११ बढी आकाशगंगा रहेका छन् ।