माग पूरा नभए सत्याग्रह गर्छु : डा केसी

प्रकाशित मिति : २०७३ भाद्र १८

पोखरा । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज पोखरामा भएको कार्यक्रममा डा.केसीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले माग पूरा गर्नेतर्पm कुनै चासो नदिएको भन्दै उनले माग पूरा गर्न आग्रह समेत गरे ।

डा। केसीले मेडिकल कलेज खोल्दै नखोल्न भनेर आपूmले नभनेको भन्दै गाउँका दिनदुःखी जनतालाई बढी फाइदा पुग्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्न सुझाव दिएको बताए ।