काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सहमतिमा मात्रै गरिने बताएका छन् ।
संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा मात्रै हुनुपर्ने भन्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले संविधानप्रति सबैको अपनत्व स्थापित गर्न र कार्यान्वयन गर्न थप सहजता निर्माणका लागि संशोधन हुन लागेको बताए ।
पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक विदेश गएका हुन् । उनले आफूले त्यहाँ रहँदा कुदै राजनीतिक भेटवार्ता नगरेको पनि जानकारी दिए ।