एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को अन्तरिक्ष यान क्यासिनीले शनिको चन्द्रमा टाइटनमा सयौं मिटरसम्मका गहिरा घाँटी पत्ता लगाएको छ ।
यी घाँटीमा तरल हाइड्रोकार्बन हुनसक्ने अनुमान छ । नासाले यसबाट टाइटनमा तरल पदार्थबाट भरिएको च्यानल हुनसक्ने संकेत मिलेको जनाएको छ ।
यो शनिमा गहिरो घाँटीको पहिलो निरीक्षण पनि हो । वैज्ञानिकहरुले जुन आँकडाको अध्ययन गरे त्यो क्यासिनीले मे २०१३ मा टाइटनको अत्यन्तै नजिकबाट लिएको थियो ।
यस क्रममा क्यासिनीको राडार ती च्यानलहरुमा केन्द्रित गरेर आँकडा लिइएको थियो ।
अध्ययनमा यस्ता च्यानलमा एक किलोमिटरभन्दा कम चौडाई घाँटीहरु समेत पाइएका छन् ।
यस्ता घाँटीहरु ४० डिग्री झुकाब र २४० देखि ५७० मिटरसम्म गहिराई भएका समेत पाइएको छ । राडारबाट लिइएको तस्बिरमा मिथेन ग्यासको जस्तै रंग भएको समुद्रसमेत देखिएको छ ।
यसबाट यी च्यानलहरु तरल पदार्थबाट भरिएको पत्ता लागेपनि अहिलेसम्म तरल पदार्थ रहेकोबारे स्पष्ट भएको छैन ।